Return to Video

शेरयल स्याण्डबर्ग: किन हामी संग थोरै महिला नेतृत्व छ

  • 0:00 - 0:02
    आज यस सभामा उपस्थित हरेक को लागि
  • 0:02 - 0:05
    हामी भाग्यमानी छौ भन्ने स्वीकारोक्ति सहित सुरुवात गरौ |
  • 0:05 - 0:07
    हामी त्यस्तो संसार मा बाँचेका छैनौ
  • 0:07 - 0:09
    जहाँ हाम्री आमा बाँचिन, जहाँ हाम्री हजुरआमा बाँचिन,
  • 0:09 - 0:12
    जहाँ महिला हरुका लागि अवसरहरु सारै नै सिमित थिए |
  • 0:12 - 0:14
    र यदी तपाई यो सभा मा हुन्हुन्न्छ भने,
  • 0:14 - 0:16
    हामी मद्दे धेरै जना यस्तो संसार मा हुर्क्यौ
  • 0:16 - 0:19
    जहाँ हामी संग साधारण नागरिक अधिकार मात्र थियो |
  • 0:19 - 0:21
    र आश्चर्यजनक रूपमा हामी अझै पनि त्यो संसारमा बाँचेका छौ
  • 0:21 - 0:23
    जहाँ केहि महिला हरु संग तेही अधिकार पनि छैन
  • 0:23 - 0:25
    तर यो सबै लाई एकातिर पन्छाउदा पनि, हामी संग एउटा समस्या छ,
  • 0:25 - 0:27
    र त्यो नै वास्तविक समस्या हो
  • 0:27 - 0:29
    र त्यो समस्या हो:
  • 0:29 - 0:31
    महिलाहरु यो संसारको
  • 0:31 - 0:33
    कुनै पनि ठाउँमा कुनै पनि पेशाको
  • 0:33 - 0:35
    उच्च तह सम्म पुगेका छैनन् |
  • 0:35 - 0:37
    संख्याहरुले यो कथा लाई प्रष्ट पार्छन् |
  • 0:37 - 0:39
    १९० राज्य प्रमुख –
  • 0:39 - 0:41
    नौ जना महिला
  • 0:41 - 0:43
    संसारका सबै संसदका सांसदहरु -
  • 0:43 - 0:45
    १३ प्रतिशत महिला छन् |
  • 0:45 - 0:47
    उद्योग बाणिज्य क्षेत्रमा,
  • 0:47 - 0:49
    महिलाहरु उच्च तह,
  • 0:49 - 0:51
    प्रमुख तथा संचालकको रूपमा –
  • 0:51 - 0:54
    १५,१६ प्रतिशतमा सिमित छन्
  • 0:54 - 0:56
    संख्या सन् २००२ देखि यथावत छ
  • 0:56 - 0:59
    र गलत दिशा तिर गैरहेको छ
  • 0:59 - 1:01
    नाफा रहित क्षेत्र,
  • 1:01 - 1:03
    त्यस्तो क्षेत्र जसलाई हामी
  • 1:03 - 1:05
    महिला द्वारा नेतृत भएको मान्यता राख्छौ,
  • 1:05 - 1:07
    उच्च तहमा महिलाहरु – २० प्रतिशत
  • 1:07 - 1:09
    हामी संग अर्को समस्या पनि छ,
  • 1:09 - 1:12
    महिलाहरुले पेशागत सफलता र व्यक्तिगत परिपूर्णता
  • 1:12 - 1:15
    को बिच छनौट अत्यन्त कठिन हुन्छ |
  • 1:15 - 1:17
    संयुक्त राज्य अमेरकामा हालसालै भएको अध्यनले
  • 1:17 - 1:20
    यस्तो नतिजा देखाउंछ:
  • 1:20 - 1:23
    विवाहित उच्च तहका प्रबन्धक मध्ये दुइ तिहाई विवाहित पुरुष का सन्तान थिए
  • 1:23 - 1:26
    भने जम्मा एक तिहाई विवाहित महिला का सन्तान थिए |
  • 1:26 - 1:28
    केहि वर्ष अघि म न्युयोर्क मा थिए,
  • 1:28 - 1:30
    एउटा कारोबार को सिलसिलामा,
  • 1:30 - 1:32
    न्युयोर्कको एक झकिझकाउ प्राईवेट इक्विटी अफिसमा,
  • 1:32 - 1:34
    तपाईहरु अन्दाज गर्न सक्नुहुन्छ |
  • 1:34 - 1:37
    म बैठक मा छु – लगभग तीन घन्टाको बैठक,
  • 1:37 - 1:40
    र दुइ घण्टा पछि, एउटा बिश्राम को जरुरी भयो,
  • 1:40 - 1:42
    र सबै जना उठ्छन,
  • 1:42 - 1:44
    तर त्यो बैठक संचालन गरिरहेका साझेदार
  • 1:44 - 1:46
    लज्जित देखिन्छन |
  • 1:46 - 1:48
    अनि मलाई महसुस भयो कि उनलाई आफ्नो
  • 1:48 - 1:50
    अफिस मा महिला शौचालय कहाँ छ भन्ने नै थाहा छैन |
  • 1:50 - 1:52
    त्यसपछि म यसो यता-उता हेर्न थाल्छु,
  • 1:52 - 1:55
    भर्खर अफिस सरेको हो कि भनेर, तर अहँ म केहि संकेत देख्दिन |
  • 1:55 - 1:58
    अनि म सोध्छु, “के तपाई यहाँ भर्खर सर्नुभएको हो?”,
  • 1:58 - 2:01
    उत्तर आउछ “हैन, हामी यहाँ करिब एक वर्ष देखि छौ”
  • 2:01 - 2:04
    अनि मैले भने, “के तपाई यो भन्न खोज्दै हुनुहुन्छ कि
  • 2:04 - 2:06
    यो एक वर्षमा म मात्र एक महिला हो
  • 2:06 - 2:09
    जो यो अफिस मा कारोबार को लागि आयो?”
  • 2:09 - 2:11
    उहाले मलाई हेर्नुभयो र भन्नुभयो,
  • 2:11 - 2:14
    “हो | अथवा तपाई मात्र यस्तो महिला हो जसलाई शौचालय जान पर्यो |”
  • 2:14 - 2:16
    (हाँसो)
  • 2:16 - 2:18
    अब प्रश्न आउछ,
  • 2:18 - 2:21
    यो समस्यालाई हामी कसरी समाधान गर्न सक्छौ?
  • 2:21 - 2:24
    कसरी यी शिर्षस्थानको संख्याहरु लाई परिवर्तन गर्न सक्छौ?
  • 2:24 - 2:27
    कसरी यसलाई फरक बनाउछौँ?
  • 2:27 - 2:29
    म यसो भनेर सुरुवात गर्न चाहन्छु,
  • 2:29 - 2:31
    म यसको बारेमा कुरा गर्छु –
  • 2:31 - 2:33
    महिलालाई कार्यदस्ता मा राखिरहने –
  • 2:33 - 2:35
    किनकि मलाई साँचिकै लाग्छ यहि नै त्यो समस्या को समाधान हो |
  • 2:35 - 2:37
    हाम्रो कार्यदस्ताको त्यो उच्च आय वर्गमा,
  • 2:37 - 2:40
    ती व्यक्तिहरु जो उच्च तहमा पुग्छन् –
  • 2:40 - 2:42
    भाग्यमानी ५०० कार्यकारी अधिकृत
  • 2:42 - 2:45
    अथवा अन्य उध्योगमा सो सरह को पदमा,
  • 2:45 - 2:47
    त्यो समस्या, जसमा म विश्वस्त छु,
  • 2:47 - 2:49
    त्यो के हो भने महिलाहरु निस्क्रिय भैरहेका छन्
  • 2:49 - 2:51
    आजकल मानिसहरु यसको बारेमा धेरै कुरा गर्छन,
  • 2:51 - 2:53
    र उनिहरु कुरा गर्छन् लचिलो कार्य समय र सल्लाह को,
  • 2:53 - 2:56
    र कम्पनि संग हुन पर्ने महिलाहरुको लागि तालिम कार्यक्रमहरु बारेमा |
  • 2:56 - 2:58
    म आज यो बारेमा केहि कुरा गर्दिन –
  • 2:58 - 3:00
    यधपी यी सब सांचिकै महत्वपूर्ण छन् |
  • 3:00 - 3:03
    आज म हामीले व्यक्तिगत रूपमा गर्न सक्ने कार्य मा केन्द्रित गर्न चाहन्छु |
  • 3:03 - 3:06
    हामीले आफुलाई दिन पर्ने सन्देश हरु के के हुन् त ?
  • 3:06 - 3:09
    हामीले हामीसंग र हाम्रा लागि काम गर्ने महिलाहरुलाइ दिने सन्देश हरु के के हुन् त ?
  • 3:09 - 3:11
    हामीले हाम्रा छोरी हरु लाई दिने संदेश के के हुन् त ?
  • 3:11 - 3:13
    अहिले सुरुवात मै म यो कुरामा प्रस्ट हुन चाहन्छु
  • 3:13 - 3:16
    कि यो प्रस्तुति कुनै मुल्यांकन गरिने छैन |
  • 3:16 - 3:18
    म संग कुनै सहि उत्तर छैन,
  • 3:18 - 3:20
    म मेरा आफ्नै लागि पनि छैन |
  • 3:20 - 3:23
    मैले सोमबार सान-फ्रान्सिस्को, मेरो बासस्थान, छाडे,
  • 3:23 - 3:25
    र म यो सभामा आउन को लागि प्लेन चड्दै थिए |
  • 3:25 - 3:28
    मेरी छोरी, जो तीन वर्षकी छे, उसलाई मैले शिशु-विध्यालय मा छाड्ने बेलामा
  • 3:28 - 3:30
    मलाई रोक्नको लागि मेरो खुट्टालाई अंकमाल गर्दै
  • 3:30 - 3:32
    र रुदै भनि, “मम्मी, प्लेनमा नचड्नुस”
  • 3:32 - 3:35
    यो ज्यादै गार्हो छ | म कहिले काहीं आफैलाई दोषी महसुस गर्छु |
  • 3:35 - 3:37
    मलाई थाहा छ कुनै पनि त्यस्ता महिला छैनन् ,
  • 3:37 - 3:39
    जो घरमा हुन् अथवा कार्यदस्तामा हुन्,
  • 3:39 - 3:41
    र जसले कुनै न कुनै समय यस्तो महसुस नगरेका हुन् |
  • 3:41 - 3:44
    त्यसैले म कार्यदस्ता मा रहनु नै सबैको लागि
  • 3:44 - 3:46
    सहि कुरा हो भनेर भनिरहेकी छैन |
  • 3:46 - 3:49
    मेरो आजको यो प्रस्तुति “यदि तपाईहरु
  • 3:49 - 3:51
    कार्यदस्ता मा रहन चाहानुहुन्छ मेरा संदेश हरु के-के छन् त” भन्ने बारेमा हुनेछ
  • 3:51 - 3:53
    र मलाई लाग्छ म संग तीनवटा संदेशहरु छन् |
  • 3:53 - 3:56
    पहिलो, टेबलमा बस्नुस |
  • 3:56 - 3:59
    दोस्रो, तपाई आफ्नो जिवनसाथी लाई साच्चीकै जिवनसाथी बनाउनुहोस |
  • 3:59 - 4:03
    र तेस्रो – साँच्चिकै छाड्नु अघि नछाड्नुस् |
  • 4:03 - 4:05
    एक नंबर: टेबलमा बस्नुस्
  • 4:05 - 4:07
    केहि हप्ता अघि मात्र अघि फेसबुकमा,
  • 4:07 - 4:10
    एक उच्च सरकारी अधिकारी लाई आमन्त्रित गरेका थियौं,
  • 4:10 - 4:12
    उनि सिलिकन भ्याली क्षेत्र वरपरका उच्च
  • 4:12 - 4:15
    कार्यकारीहरु संग भेट गर्न आएका थिए |
  • 4:15 - 4:17
    सबै जना टेबल मा बसेका थिए |
  • 4:17 - 4:20
    अनि उनीसंग केहि महिलाहरु थिए जो उनीसंगै सहभागी हुन आएका थिए
  • 4:20 - 4:22
    र उनको विभाग का उच्च पद मै थिए |
  • 4:22 - 4:25
    अनि मैले एक प्रकारले भने “टेबलमा बस्नुस्, ल न टेबलमा बस्नुस्” |
  • 4:25 - 4:28
    र उनिहरु कोठा को एक छेउ मा बसे |
  • 4:28 - 4:30
    जब म कलेजको अन्तिम वर्ष मा थिएँ,
  • 4:30 - 4:33
    मैले युरोपको बौद्धिक इतिहास को एउटा कक्षा लिएको थिए |
  • 4:33 - 4:35
    के तपाईलाई कलेजमा त्यस्तो कुरा मन पर्दैन?
  • 4:35 - 4:37
    म चाहन्छु कि म अहिलेपनि त्यस्तो कुरा पढ्न सकु |
  • 4:37 - 4:39
    मैले त्यो कक्षा मेरो साथी क्यारी,
  • 4:39 - 4:41
    जो सो समय मा एकदमै तेज साहित्यिक बिद्यार्थी थिईन
  • 4:41 - 4:43
    र पछि गएर एक तेज साहित्यिक बुद्धिजीवी भईन,
  • 4:43 - 4:45
    र मेरो भाई,
  • 4:45 - 4:47
    एकदम स्मार्ट तर वाटर-पोलो खेल्ने
  • 4:47 - 4:49
    स्नातक दोस्रो बर्ष को बिध्यार्थी संगै पढेको थिएँ |
  • 4:49 - 4:51
    हामी तिनै जना संगै कक्षा लिन्थ्यौ |
  • 4:51 - 4:53
    क्यारी ले सबै पुस्तकहरु
  • 4:53 - 4:55
    मौलिक ग्रीक र ल्याटिन मा पढ्छिन –
  • 4:55 - 4:57
    सबै कक्षा मा जान्छिन –
  • 4:57 - 4:59
    म सबै पुस्तक अंग्रेजीमा पढ्छु
  • 4:59 - 5:01
    र धेरै जसो कक्षामा जान्छु |
  • 5:01 - 5:03
    मेरो भाई अलि व्यस्त छ,
  • 5:03 - 5:05
    उ १२ कक्षा को एउटा पुस्तक पढ्छ
  • 5:05 - 5:07
    र केहि कक्षा मा जान्छ,
  • 5:07 - 5:09
    परिक्षा को केहि दिन अघि हाम्रो
  • 5:09 - 5:12
    कोठामा आउँछ सिक्नको लागि |
  • 5:12 - 5:15
    हामी तिनै जना परीक्षा दिन संगै जान्छौँ
  • 5:15 - 5:17
    र परीक्षा हलमा बस्छौँ, तीन घण्टा सम्म,
  • 5:17 - 5:20
    हाम्रा साना निला पुस्तिका संग – हो म त्यति पुरानो जमाना कि हुँ |
  • 5:20 - 5:23
    हामी परीक्षा हल बाट बाहिर आउछौं र एक अर्कालाई हेर्छौं र सोध्छौं, “कस्तो भयो?”
  • 5:23 - 5:26
    क्यारी भन्छिन, “उफ, मैले हेगेलियन तर्कको मुख्य बुंदा लाई राम्रो
  • 5:26 - 5:28
    चित्रण गर्न सकिन जस्तो लाग्छ” |
  • 5:28 - 5:31
    अनि म भन्छु, “हे भगवान मैले जोन लाकको सम्पति को सिद्धान्तलाई
  • 5:31 - 5:34
    त्यस पछिका दार्शनिक हरु संग जोड्न सकेको भए |”
  • 5:34 - 5:36
    अनि मेरो भाई भन्छ,
  • 5:36 - 5:39
    “मैले कक्षामा उत्कृष्ट अंक ल्याएँ”
  • 5:40 - 5:42
    “कक्षामा उत्कृष्ट अंक?
  • 5:42 - 5:45
    तिमीलाई केहि पनि त आउदैन”
  • 5:45 - 5:47
    यी सबै कथाहरुमा समस्या के छ भने
  • 5:47 - 5:50
    तिनीहरुले त्यहि देखाउंछ जो तथ्यांक ले देखाउंछ:
  • 5:50 - 5:53
    महिलाहरु आफ्नो क्षमतालाई रीतपूर्वक नजरअन्दाज गर्छन् ।
  • 5:53 - 5:55
    यदि तपाई पुरुष र महिला मा परिक्षण गर्नुहुन्छ,
  • 5:55 - 5:58
    र उनीहरुलाई प्रस्न गर्नुहुन्छ जिपिए जस्तो पूर्ण रूपमा वस्तुगत आधारमा,
  • 5:58 - 6:00
    पुरुषहरुले केहि बढी गलत गर्छन्
  • 6:00 - 6:03
    र महिलाहरुले केहि कम |
  • 6:03 - 6:06
    महिला हरु ले कार्यदस्ता मा आफ्नो लागि कहिले पनि मिलापत्र गर्दैनन् |
  • 6:06 - 6:08
    कलेज बाट कार्यदस्तामा प्रवेश गर्ने व्यक्तिहरुमा
  • 6:08 - 6:10
    बिगत दुई बर्षमा भएको एक अध्यनन ले
  • 6:10 - 6:13
    ५७ प्रतिशत युवकहरु –
  • 6:13 - 6:15
    अथवा पुरुषहरु सायद,
  • 6:15 - 6:17
    ले आफ्नो पहिलो तलबमा मिलापत्र द्वारा सम्झौता गर्छन्,
  • 6:17 - 6:20
    महिलाहरु भने जम्मा सात प्रतिशत |
  • 6:20 - 6:22
    र महत्वपूर्ण रूपमा,
  • 6:22 - 6:25
    पुरुषहरु आफ्नो सफलताको श्रेय आफैलाई दिन्छन,
  • 6:25 - 6:28
    र महिलाहरु अन्य बाह्य तत्वहरुलाई |
  • 6:28 - 6:30
    यदि तपाईले एक पुरुष लाई किन तपाईले राम्रो जागिर पाउनुभयो भनेर सोध्नु भयो भने ,
  • 6:30 - 6:33
    उनीहरुले “किनकि म अत्यन्त राम्रो छु,
  • 6:33 - 6:36
    स्पस्ट छ, तपाई सोध्नुनै किन हुन्छ?”
  • 6:36 - 6:38
    यदि तपाई महिलालाई किन तपाईले राम्रो जागिर पाउनुभयो भनेर सोध्नु भयो भने,
  • 6:38 - 6:40
    उनीहरुले के भन्छन भने, उनीहरुलाई कसैले सहयोग गर्यो,
  • 6:40 - 6:42
    उनिहरु भाग्यमानी थिए, उनीहरुले साँच्चिकै मेहेनत गरे |
  • 6:42 - 6:44
    यसले किन अर्थ राख्छ त?
  • 6:44 - 6:46
    यसले धेरै अर्थ राख्छ
  • 6:46 - 6:49
    किनकि टेबल को सट्टा छेउ मा बसेर कसैले पनि
  • 6:49 - 6:51
    कार्यालय मा महत्वपुर्ण ठाउँ पाउँदैन |
  • 6:51 - 6:53
    र कसैले ले पनि बढुवा को अवसर पाउँदैन
  • 6:53 - 6:56
    उनिहरु आफ्नो सफलतामा आफ्नो हक मान्दैनन
  • 6:56 - 6:59
    अथवा आफ्नै सफलता बुझ्दैनन् |
  • 6:59 - 7:01
    म कामना गर्छु उत्तर सजिलो भईदिए हुन्थ्यो |
  • 7:01 - 7:03
    म कामना गर्छु, म भन्न सकु ति सबै कलिला महिलाहरु जसका लागि म काम गर्छु,
  • 7:03 - 7:05
    यी सबै उत्कृस्ट महिलाहरुलाई,
  • 7:05 - 7:07
    “आफुमा विश्वास राख र आफ्नो लागि सम्झौता गर |
  • 7:07 - 7:09
    आफ्नो सफलता लाई आफ्नो बनाऊ”
  • 7:09 - 7:12
    म कामना गर्छु म यो कुरा मेरी छोरी लाई भन्न सकुँ |
  • 7:12 - 7:14
    तर त्यो त्यति सजिलो छैन |
  • 7:14 - 7:17
    किनकि यो भन्दा माथि रहेर तथ्यांकले एउटा कुरा देखाउछ,
  • 7:17 - 7:19
    त्यो के हो भने – सफलता र सद्गुण
  • 7:19 - 7:22
    पुरुषहरुको लागि धनात्मत रूपमा सम्बन्धित छन्
  • 7:22 - 7:24
    भने महिलाहरु को लागि ऋणात्मक रूपमा |
  • 7:24 - 7:26
    सबैजनाले सहमति जनाईरहेका छन्
  • 7:26 - 7:28
    किनकि हामी सबैलाई यो कुरा सत्य हो भन्ने थाहा छ |
  • 7:28 - 7:31
    एउटा राम्रो अध्ययन पनि छ जसले यो तथ्य लाई राम्रोसंग प्रस्तुत गर्छ |
  • 7:31 - 7:33
    यहाँ हार्वर्ड बाणिज्य अध्ययन बिभाग को एउटा प्रसिद्ध
  • 7:33 - 7:35
    हेइदी रोइज़न नामको अध्ययन छ |
  • 7:35 - 7:37
    उनि सिलिकन भ्यालीको एक कम्पनीको
  • 7:37 - 7:39
    एक संचालक हुन्,
  • 7:39 - 7:41
    र उनि आफ्नो सम्पर्क लाई प्रयोग गरेर
  • 7:41 - 7:44
    एक सफल लगानीकर्ता भईन |
  • 7:44 - 7:46
    सन् २००२ मा – खासै धेरै पहिला हैन –
  • 7:46 - 7:48
    कोलम्बिया विश्वविध्यालय का प्राध्यापकले
  • 7:48 - 7:51
    त्यो बिषयलाई लिए र “हवार्ड रोईज़न” बनाए |
  • 7:51 - 7:53
    अनि उनले त्यो बिषय – दुइवटै –
  • 7:53 - 7:55
    विद्यार्थीका दुई समूहलाई दिए |
  • 7:55 - 7:57
    उनले जम्मा एउटा शब्द परिवर्तन गरे :
  • 7:57 - 7:59
    “हेइदी” लाई “हवार्ड” मा |
  • 7:59 - 8:02
    तर त्यो एक शब्द ले साच्चिकै ठुलो फरक पार्यो |
  • 8:02 - 8:04
    अनि उनले विध्यार्थीको सर्वेक्षण गरे |
  • 8:04 - 8:07
    र खुसीको कुरा के भने विध्यार्थिहरु, दुवै पुरुष र महिला,
  • 8:07 - 8:09
    ले हेइदी र हवार्ड दुवै उत्तिकै प्रतिस्पर्धी को रुप मा लिए,
  • 8:09 - 8:11
    र त्यो राम्रो थियो |
  • 8:11 - 8:13
    र दुःखको कुरा सबैजनाले हवार्डलाई मन पराए
  • 8:13 - 8:15
    उ एकदम राम्रो मान्छे हो, तपाई उसका लागि काम गर्न इच्छुक हुनुहुन्छ |
  • 8:15 - 8:17
    तपाई उ संग पुरै दिन माछा मार्न जान सक्नुहुन्छ |
  • 8:17 - 8:19
    तर हेइदी? खासै केहि भन्न सक्नुहुन्न |
  • 8:19 - 8:22
    उनि आफै भन्दा अलिक अलग छिन, उनि अलि राजनैतिक छिन |
  • 8:22 - 8:25
    तपाई आफैमा दृढ हुनुहुन्न उनका लागि काम गर्न इच्छुक हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा |
  • 8:25 - 8:27
    यो एक उल्झन हो |
  • 8:27 - 8:29
    हामीले हाम्रा छोरी र हाम्रा सहकर्मी हरु लाई भन्न पर्छ,
  • 8:29 - 8:31
    हामीले आफैलाई भन्न पर्छ, आफुले ल्याएको उच्च अंक मा विश्वास गर्न,
  • 8:31 - 8:33
    बढुवा को लागि पहुच बनाउन,
  • 8:33 - 8:35
    र टेबलमा बस्न |
  • 8:35 - 8:37
    र त्यो काम हामीले त्यो संसार मा गर्न पर्छ
  • 8:37 - 8:40
    जहाँ, उनीहरुको लागि, केहि त्यागहरु छ जो उनीहरुले गर्छन,
  • 8:40 - 8:43
    यध्यपी उनीहरुका दाजुभाइहरुलाई त्यो गर्न पर्दैन |
  • 8:44 - 8:47
    यो सबैमा सबैभन्दा दुःखको कुरा के भने यो कुरा सम्झिन सार्है गार्हो हुन्छ |
  • 8:47 - 8:50
    म एउटा कथा भन्न लागिरहेको छु, जुन मेरा लागि लज्जास्पद छ,
  • 8:50 - 8:52
    तर म महत्वपूर्ण मान्छु |
  • 8:52 - 8:55
    मैले यो प्रस्तुति फेसबुक मा दिएको थिए, केहि समय पहिला,
  • 8:55 - 8:57
    करिब एक सय कर्मचारीहरु को अगाडि |
  • 8:57 - 9:00
    त्यसको केहि घण्टा पछि, एकजना महिला जो
  • 9:00 - 9:02
    मेरो कार्यकक्ष अगाडि बसेर काम गर्छिन,
  • 9:02 - 9:04
    म संग कुरा गर्ने इच्छा व्यक्त गर्छिन |
  • 9:04 - 9:06
    मैले भने, हुन्छ, अनि उनि बसिन र हामीले कुरा गर्यौ |
  • 9:06 - 9:08
    उनले भनिन, “आज मैले केहि सिके |
  • 9:08 - 9:10
    मैले आफ्नो हात उठाउन पर्ने रहेछ भन्ने कुरा सिके |"
  • 9:10 - 9:12
    मैले सोधे, “के भनेको?”
  • 9:12 - 9:14
    उनले भनिन, “तपाईले आफ्नो प्रस्तुति जारी राख्नुभएको थियो,
  • 9:14 - 9:16
    अनि तपाईले भन्नुभयो थप दुइवटा प्रश्न लिन्छु भनेर |
  • 9:16 - 9:19
    अनि मेरो हात उठ्यो अरु धेरै मान्छे हरु संगै, र तपाईले थप दुईवटा प्रस्न लिनु भयो |
  • 9:19 - 9:22
    अनि मैले मेरो हात तल झरे, र अवलोकन गरे कि सबै महिलाहरुका हात तल थिए,
  • 9:22 - 9:24
    र तपाईले थप प्रश्नहरु लिनुभयो,
  • 9:24 - 9:26
    मात्र पुरुषहरु बाट | "
  • 9:26 - 9:28
    अनि मैले सोचे,
  • 9:28 - 9:31
    ओहो यदि म, जो यो कुरालाई अति महत्व दिन्छु,
  • 9:31 - 9:33
    यो प्रस्तुति दिदै गर्दा -
  • 9:33 - 9:36
    यो प्रस्तुति को बेलामा, म यति पनि अवलोकन गर्दिन
  • 9:36 - 9:39
    कि पुरुषहरु का हातहरु उठेका छन्
  • 9:39 - 9:41
    र महिलाहरुका हातहरु उठेका छन्
  • 9:41 - 9:43
    हामी कति असल छौ त
  • 9:43 - 9:45
    हाम्रा कम्पनि र संस्था का प्रबन्धक का रूपमा
  • 9:45 - 9:47
    महिलाहरु भन्दा पुरुषहरु अवसर को लागि
  • 9:47 - 9:49
    पहुँच पुर्याई रहेका छन् ?
  • 9:49 - 9:52
    हामीले महिलालाई टेबल मा बस्ने बनाउन पर्छ |
  • 9:52 - 9:55
    (ताली)
  • 9:55 - 9:57
    संदेश नंबर दुई,
  • 9:57 - 9:59
    तपाई आफ्नो जीवनसाथी लाई वास्तविक जीवनसाथी बनाउनुहोस
  • 9:59 - 10:02
    म यो कुरामा विस्वस्त छु कि हामीले कार्यदस्ता मा
  • 10:02 - 10:04
    घरमा भन्दा धेरै प्रगति गरिसकेका छौं |
  • 10:04 - 10:07
    तथ्यांक ले यो कुरा प्रस्ट रूपमा देखाउँछ |
  • 10:07 - 10:09
    यदि एक महिला र एक पुरुष दुवै पूर्णकालीन काम गर्छन
  • 10:09 - 10:11
    र एउटा सन्तान छ भने,
  • 10:11 - 10:14
    त्यो महिला ले घरको काम पुरुषको भन्दा दुइगुणा बढि गर्छिन,
  • 10:14 - 10:16
    र बच्चा को स्याहार
  • 10:16 - 10:19
    तीनगुणा बढि गर्छिन |
  • 10:19 - 10:21
    त्यसकारण ती महिलासंग तीनवटा, अथवा दुइवटा काम छन्,
  • 10:21 - 10:23
    र पुरुष संग एउटा |
  • 10:23 - 10:26
    घरमा धेरै समय बस्न पर्ने भयो भने कसले चै आफ्नो काम छाड्छ होला जस्तो लाग्छ तपाईहरु लाई
  • 10:26 - 10:28
    यो सबको कारण साच्चिकै उल्झनयुक्त छ,
  • 10:28 - 10:30
    अहिले म संग त्यो बिषय मा प्रवेश गर्न समय छैन |
  • 10:30 - 10:32
    र मलाई यो लाग्दैन कि आइतबार को फुटबल हेराई
  • 10:32 - 10:34
    र साधारण अल्छिपना यसको कारण हो |
  • 10:34 - 10:36
    मलाई लाग्छ यसको कारण धेरै नै उल्झनयुक्त छ |
  • 10:36 - 10:38
    मलाई लाग्छ, समाजको रूपमा,
  • 10:38 - 10:40
    हामी सफलता को लागि
  • 10:40 - 10:42
    केटी हरुमा भन्दा केटाहरूमा धेरै दवाब दिन्छौ |
  • 10:42 - 10:44
    म आफ्नी श्रीमती लाई सहयोग गर्न घर बस्ने
  • 10:44 - 10:46
    र घरमा काम गर्ने पुरुष हरुलाई चिन्छु
  • 10:46 - 10:48
    र त्यो गार्हो हुन्छ |
  • 10:48 - 10:50
    जब म नानीहरुलाई खेलाउन बाहिर लैजान्छु,
  • 10:50 - 10:52
    र एक जना पिता लाई देख्छु,
  • 10:52 - 10:54
    म अवलोकन गर्छु कि अरु आमाहरु
  • 10:54 - 10:56
    त्यो पिता संग खेल्दैनन्
  • 10:56 - 10:58
    र समस्या त्यहि हो,
  • 10:58 - 11:01
    किनकि हामीले त्यसलाई अन्य काम जत्तिकै महत्वपूर्ण बनाउन पर्छ –
  • 11:01 - 11:04
    किनकि त्यो संसारको सबैभन्दा कठिन काम हो –
  • 11:04 - 11:06
    दुवै लिङ्ग का मानिस हरुलाई घर भित्र काम गर्न,
  • 11:06 - 11:09
    यदि हामी सबै कुरालाई सम्याएर लैजान र महिलालाई कर्यदस्तामा राखिरहन चाहन्छौं भने |
  • 11:09 - 11:11
    (ताली)
  • 11:11 - 11:13
    अध्ययन ले के देखाउंछ भने बराबर आम्दानी र बराबर जिम्मेवारी भएका घरहरुमा पनि छोडपत्र को दर आधा छ
  • 11:13 - 11:15
    र बराबर जिम्मेवारी भएका घरहरुमा पनि
  • 11:15 - 11:17
    छोडपत्र को दर आधा छ
  • 11:17 - 11:20
    र त्यो उनीहरुलाई उत्प्रेरणा को लागि पर्याप्त भएन भने
  • 11:20 - 11:22
    उनिहरु संग अझै छ –
  • 11:22 - 11:24
    म यो सभामा कसरि भनौ? –
  • 11:24 - 11:27
    उनिहरु एक-अर्कालाई धार्मिक अर्थ मा पनि बढि जान्दछन्
  • 11:27 - 11:29
    (ताली)
  • 11:29 - 11:31
    संदेश नंबर तीन:
  • 11:31 - 11:33
    साँच्चिकै छाड्नु अघि नछाड्नुस् |
  • 11:33 - 11:35
    म गहिरो व्यंग देख्छु –
  • 11:35 - 11:37
    महिलाहरुले लिने एउटा कदम,
  • 11:37 - 11:39
    र त्यो सधै नै देख्छु -
  • 11:39 - 11:42
    कार्यदस्ता मा रहने उदेश्यका साथ,
  • 11:42 - 11:44
    वास्तविकता मा त्यसले उनीहरुलाई वास्तविक अर्थ मा कार्यदस्ता बाट अलग गराउछ
  • 11:44 - 11:46
    के हुन्छ त:
  • 11:46 - 11:48
    हामी सबै व्यस्त छौं; सबै जना व्यस्त छन्, महिला पनि व्यस्त छिन |
  • 11:48 - 11:51
    अनि उनि सन्तान जन्माउने बारेमा सोच्न थाल्छिन |
  • 11:51 - 11:54
    उनले त्यो कुरा सोच्न थाल्ने वित्तिकै,
  • 11:54 - 11:56
    त्यो सन्तान लाई स्थान बनाउने बारे सोच्न थाल्छिन |
  • 11:56 - 11:59
    “म यसलाई आफुले अहिले गरिरहेको सबै कामहरु मा कसरी मिलाउन सक्छु?”
  • 12:00 - 12:02
    अनि एकप्रकार ले त्यही क्षण देखि,
  • 12:02 - 12:05
    उनि आफ्नो हात उठाउदिनन्,
  • 12:05 - 12:08
    उनि बढुवा लाई प्राथमिकता दिन्नन, उनि कुनै पनि नया कार्ययोजना को जिम्मा लिन्नन्
  • 12:08 - 12:10
    उनि भन्दिनन, “म, म त्यो काम गर्न चाहन्छु”
  • 12:10 - 12:12
    उनि पछाडि सर्न थाल्छिन |
  • 12:12 - 12:14
    समस्या के भने -
  • 12:14 - 12:17
    मानौं उनि त्यो दिन गर्भवती भईन, त्यो दिन --
  • 12:17 - 12:20
    नौ महिना को गर्भावस्था, तीन महिनाको सुत्केरी बिदा,
  • 12:20 - 12:22
    सबै कुरा मिलाउन छ महिना --
  • 12:22 - 12:24
    फटाफट कट्ने दुई वर्ष,
  • 12:24 - 12:26
    धेरै जसो – र मैले देखे जस्तो –
  • 12:26 - 12:28
    महिलाहरु यसबारेमा धेरै पहिला देखि सोच्न थाल्छन् -
  • 12:28 - 12:30
    जब उनिहरु विवाहको लागि प्रतिबद्ध हुन्छन्, जब उनिहरु विवाहित हुन्छन,
  • 12:30 - 12:33
    जब उनिहरु सन्तान जन्माउने बारे सोच्न थाल्छन, जसले धेरै समय लिन सक्छ |
  • 12:33 - 12:35
    एकजना महिला मलाई यसबारेमा भेट्न आइन,
  • 12:35 - 12:37
    र मैले यसो हेरे – उनि अलि भर्खरकी देखिन्थिन |
  • 12:37 - 12:40
    अनि मैले भने, “त्यसो भए तपाई र तपाई को श्रीमान सन्तान जन्माउने बारेमा सोच्दै हुनुहुन्छ?”
  • 12:40 - 12:43
    अनि उनले भनिन, “हैन, म अझै अविवाहित नै छु”
  • 12:43 - 12:45
    उनि संग केटासाथी समेत थिएन |
  • 12:45 - 12:47
    मैले भने, “तपाई यो बारेमा
  • 12:47 - 12:49
    सारै छिटो सोचिरहनुभएको छ”
  • 12:49 - 12:52
    तर कुरा के भने तपाईले चुपचाप
  • 12:52 - 12:55
    पछाडि सरेर यो कार्य थाल्नुभयो भने के हुन्छ?
  • 12:55 - 12:57
    जो कोहि यसबाट गुज्रिनुभएको छ –
  • 12:57 - 13:00
    म तपाईहरुलाई भन्न चाहान्छु, जब तपाई संग घरमा एक सन्तान हुन्छ,
  • 13:00 - 13:02
    तपाईले फर्किनु नै उचित हुन्छ,
  • 13:02 - 13:04
    किनकि त्यो बच्चालाई घरमा छाड्न साह्रै गार्हो हुन्छ –
  • 13:04 - 13:06
    तपाईको काम चुनौतिपूर्ण हुनु पर्छ |
  • 13:06 - 13:08
    त्यो उपलब्धिमूलक हुनुपर्छ |
  • 13:08 - 13:11
    तपाई आफुले मैले केहि पहिचान छाडिरहेको छु भन्ने महसुस गर्नुपर्छ |
  • 13:11 - 13:14
    र यदि दुई बर्ष पहिले तपाईले बढुवा लिनुभएन
  • 13:14 - 13:16
    तर तपाई संगैको अर्को कुनै पुरुष ले लियो,
  • 13:16 - 13:18
    यदि तीन बर्ष पहिला
  • 13:18 - 13:20
    तपाईले नयाँ अवसर खोज्न छाड्नुभयो,
  • 13:20 - 13:22
    तपाई लाई निराश हुनसक्छ
  • 13:22 - 13:25
    किनकि तपाईले आफ्नो गाडीको एक्सिलेरेटर मा आफ्नो खुट्टा राखिरहनु पर्थ्यो |
  • 13:25 - 13:27
    साँचिकै छाड्नुपर्ने स्थिति आउनु अघि नछाड्नुस |
  • 13:27 - 13:29
    आफ्नो काम मा रहिरहनुस |
  • 13:29 - 13:31
    एक्सिलेरेटर मा आफ्नो खुट्टा राखिरहनुस्,
  • 13:31 - 13:33
    त्यो दिन सम्म जुन दिन देखि तपाईले
  • 13:33 - 13:35
    सन्तान को लागि विदा साच्चिकै लिनुपर्छ –
  • 13:35 - 13:37
    अनि बल्ल निर्णय लिनुस्
  • 13:37 - 13:40
    समय भन्दा धेरै पहिला निर्णय नलिनुस,
  • 13:40 - 13:43
    विशेषगरी त्यस्ता निर्णयहरु जस बारे तपाई स्वयम अवगत हुनुहुन्न |
  • 13:44 - 13:46
    मेरो पुस्ताले, दुःख पूर्बक भन्नुपर्दा,
  • 13:46 - 13:48
    त्यो उच्च तहको संख्या लाई परिवर्तन गर्न सक्दैन |
  • 13:48 - 13:50
    त्यो संख्या परिवर्तन भैरहेको छैन |
  • 13:50 - 13:53
    हामी त्यो ५० प्रतिशत जनसंख्या भएको स्थिति सम्म पुग्ने छैनौ -
  • 13:53 - 13:56
    मेरो पुस्ता मा, ५० प्रतिशत महिला हुने छैनन्
  • 13:56 - 13:58
    कुनै पनि उध्योग को उच्च तह मा |
  • 13:58 - 14:01
    तर मा आशावादी छु कि भविष्य का पुस्ता ले त्यो गर्न सक्छन |
  • 14:02 - 14:04
    मलाई लाग्छ त्यो संसार
  • 14:04 - 14:06
    जसमा हाम्रा आधा देशहरू र आधा कम्पनीहरु
  • 14:06 - 14:09
    महिलाहरुले चलाएका हुन्, त्यो संसार साँचिकै राम्रो हुने छ |
  • 14:09 - 14:12
    र त्यो मानिषहरु ले महिला शौचालय कहाँ छ भनेर थाहा पाउँछन् भनेर मात्र पनि हैन,
  • 14:12 - 14:15
    तथापी त्यो राम्रो हुनेछ |
  • 14:15 - 14:17
    मलाई लाग्छ त्यो राम्रो संसार हुनेछ |
  • 14:17 - 14:19
    मेरा दुई वटा बच्चाहरु छन् |
  • 14:19 - 14:22
    पाँच वर्ष को छोरो र दुई वर्ष कि छोरी |
  • 14:22 - 14:24
    म मेरो छोरा को लागि छनोट होस् भन्ने चाहान्छु
  • 14:24 - 14:27
    पूर्ण रूपमा कार्यदस्ता अथवा घरमा सेवा प्रदान गर्ने,
  • 14:27 - 14:29
    र मेरी छोरी को लागि चाहान्छु
  • 14:29 - 14:31
    अघि बढ्ने छनोट मात्र हैन,
  • 14:31 - 14:33
    तर उनको प्राप्ति को लागि उनलाई मन पराईयोस भन्ने |
  • 14:33 - 14:35
    धन्यवाद
  • 14:35 - 14:37
    (ताली)
Title:
शेरयल स्याण्डबर्ग: किन हामी संग थोरै महिला नेतृत्व छ
Speaker:
Sheryl Sandberg
Description:

फेसबुक प्रमुख कार्यकारी अधिकृत शेरयल स्याण्डबर्ग किन पुरुष को तुलनामा थोरै प्रतिशत मात्र महिलाहरु आफ्नो पेशा को उच्च तहमा पुग्छन भन्ने समिक्षा गर्छिन - र त्यो उच्च स्थान हासिल गर्ने लक्ष भएका महिलाहरुलाई तीन वटा उत्कृष्ठ सल्लाह प्रदान गर्छिन |

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
14:37
Suresh Gautam added a translation

Nepali subtitles

Revisions