WEBVTT 00:00:03.836 --> 00:00:07.140 तथ्यलाई दृश्यमा प्रस्तुत गर्नु मेरो पनि आफ्नो कामको मुटुमा पर्छ। 00:00:07.678 --> 00:00:10.449 म विश्वव्यापी स्वास्थ्यका बारे पढाउंछु। 00:00:10.548 --> 00:00:13.231 र मलाई थाहा छ यसबारे तथ्यांक मात्र भएर पुग्दैन। 00:00:13.231 --> 00:00:17.920 मैले त्यसलाई यस्तो तरीकाले प्रस्तुत गर्न पर्छ की मानिसहरुले रमाइलो मानुन् र बुझुन्। 00:00:17.920 --> 00:00:22.303 अब म आफूले पहिले कहिल्यै नगरेको काम गर्न गैरहेको छु: 00:00:22.303 --> 00:00:25.182 त्यो हो तथ्यांकलाई वास्तविक धरातलमा एनिमेशनबाट प्रस्तुत गर्नु, 00:00:25.182 --> 00:00:28.526 त्यसका लागि मलाई यहांका यी साथीहरुको प्राविधिक सहयोग प्राप्त छ 00:00:29.311 --> 00:00:33.375 त शुरु गरौं: पहिले यो एक्सीस स्वास्थ्य को। 00:00:33.375 --> 00:00:38.640 औसत आयु २५ बर्ष देखि ७५ बर्ष सम्म। 00:00:38.640 --> 00:00:41.177 यहां मुनि अर्को एक्सिस बनाउं सम्पत्तिको: 00:00:41.177 --> 00:00:46.550 प्रतिव्यक्ति आय: ४००, ४,००० र ४०,००० डलर। 00:00:46.550 --> 00:00:50.334 भनेपछि गरिब र रोगीहरु यहां तल पर्ने भए, 00:00:50.334 --> 00:00:51.904 यता माथि चाहिं धनी र निरोगीहरु। 00:00:53.473 --> 00:00:58.520 अब म तपाईंलाई २०० बर्ष अघिको संसार देखाउंछु, 00:00:58.520 --> 00:01:00.291 सन् १८१० तिरको। 00:01:00.291 --> 00:01:01.962 यि भए संसारका सबै देशहरु: 00:01:01.962 --> 00:01:08.099 युरोप खैरो, एशिया रातो, मध्यपूर्व हरियो, साहारादेखि दक्षिणको अफ्रीका नीलो, 00:01:08.099 --> 00:01:09.622 र अमेरिकाज पहेंलो। 00:01:09.622 --> 00:01:13.300 देशको नामको आकारको फोकाले त्यहांको जनसंख्या जनाउंछ। 00:01:13.300 --> 00:01:17.375 र सन् १८१० मा यहां मुनि भिडभाड निकै थियो होइन त? 00:01:17.375 --> 00:01:19.409 सबै देशहरुमा रोग र गरिबी व्याप्त थियो, 00:01:19.409 --> 00:01:23.155 सबै देशमा मानिसहरुको औसत आयु ४० बर्षभन्दा मुनि थियो 00:01:23.155 --> 00:01:26.957 र खाली युके र नेदरल्याण्ड्स मात्र केहि राम्रो अवस्थामा थिए, 00:01:26.957 --> 00:01:28.553 तर त्यति धेरै पनि होइन। 00:01:28.553 --> 00:01:30.201 अब म यो विश्वलाई गतिशिल बनाउंछु। 00:01:31.970 --> 00:01:36.603 औद्योगीक क्रान्तिले युरोप र अन्यत्रका मुलुकलाई 00:01:36.603 --> 00:01:38.578 बांकी भन्दा टाढा लैजान्छ, 00:01:38.578 --> 00:01:41.433 तर एशिया र अफ्रीकामा उपनिवेश बनाइएका देशहरु 00:01:41.433 --> 00:01:43.610 यहां तल अल्झिएर बसेका छन्। 00:01:43.610 --> 00:01:47.421 पश्चिमा देशहरु विस्तारै विस्तारै निरोगी हुंदै जान्छन्। 00:01:47.467 --> 00:01:51.313 अब युद्धको र रोगको प्रभाव केहि विस्तारै हेरौं, 00:01:51.313 --> 00:01:52.936 पहिलो विश्वयुद्धको 00:01:52.936 --> 00:01:57.672 र स्पेनी फ्लू महामारीको। यसबेला कस्तो ठूलो विपद भएको रहेछ। 00:01:57.672 --> 00:02:02.403 अब तिब्र गतिमा अघि बढ्दै १९२० र १९३० को दशकतिर हेरौं। 00:02:02.403 --> 00:02:04.042 ग्रेट डिप्रेशन भनिएको महा-आर्थिक मन्दीको बेलामा पनि 00:02:04.119 --> 00:02:05.880 पश्चिमा देशहरु अघि बढी ने रहेका देखिन्छन् 00:02:05.880 --> 00:02:07.426 अझ बढी सम्पन्नता र निरोगीपन तिर। 00:02:07.426 --> 00:02:09.540 जापान र अरु देशहरु पछ्याउने प्रयास गर्छन् 00:02:09.540 --> 00:02:11.440 तर धेरैजसो देशहरु यहां तल तिर नै अड्कीएका छन्। 00:02:11.440 --> 00:02:15.117 अब, दोस्रो विश्व युद्धको वियोगहरु पछि 00:02:15.117 --> 00:02:18.512 सन् १९४८ को संसार हेर्न एकैछिन अडिऔं। 00:02:18.512 --> 00:02:22.926 १९४८ महान बर्ष थियो: लडाईं सकिएको थियो, 00:02:22.926 --> 00:02:26.098 हिउंदे ओलिम्पिक्सको पदक तालिकामा स्वीडेन शिर्षस्थानमा थियो 00:02:26.098 --> 00:02:27.675 र त्यही साल म पनि जन्में। 00:02:27.675 --> 00:02:30.763 तर संसारका देशहरु बीचको भिन्नताको खाडल 00:02:30.763 --> 00:02:32.463 पहिले कहिल्यै भन्दा बढी फराकिलो थियो। 00:02:32.463 --> 00:02:36.525 संयुक्त राज्य अमेरिका अग्रस्थानमा थियो, जापान त्यसलाई पछ्याउंदै थियो 00:02:36.555 --> 00:02:38.691 ब्रजील निकै पछाडी थियो, 00:02:38.691 --> 00:02:42.742 तेलधनबाट इरान केहि सम्पन्न हुंदै थियो तर औसत आयु अझै पनि कमै थियो 00:02:42.742 --> 00:02:45.559 र विशाल एशियाली अर्थतन्त्रहरु: 00:02:45.559 --> 00:02:47.943 चिन, भारत, पाकिस्तान, बांग्लादेश र इन्डोनेशिया 00:02:47.943 --> 00:02:50.343 तिनीहरु यहां मुनितिर अझै गरिब र रोगी नै थिए, 00:02:50.343 --> 00:02:52.371 तर अब हेर्नुस् के हुनेछ! 00:02:52.371 --> 00:02:53.962 लौ अब फेरि अघि बढौं। 00:02:53.962 --> 00:02:57.384 मेरो जीवनकालमै, पहिलेका उपनिवेशहरु स्वतन्त्र भएका छन्, 00:02:57.384 --> 00:03:00.188 र अन्तत: तिनीहरु विस्तारै निरोगी बन्न शुरु भएको छ 00:03:00.188 --> 00:03:00.950 झन निरोगी 00:03:00.950 --> 00:03:02.403 झन झन निरोगी। 00:03:02.403 --> 00:03:06.131 र सन् १९७० को दशकमा, एशिया र ल्याटिन अमेरिकाका देशहरु 00:03:06.131 --> 00:03:08.562 पश्चिमा देशहरुकै हाराहारीमा आउन थाले: 00:03:08.562 --> 00:03:10.715 तिनीहरु उदाउंदो अर्थतन्त्र बन्न पुगे। 00:03:10.715 --> 00:03:12.415 अफ्रीकाका केहि देशले तिनलाई पछ्याए 00:03:12.415 --> 00:03:14.454 तर केहि अफ्रीकीहरु भने गृहयुद्धको चपेटामा परे 00:03:14.454 --> 00:03:15.954 अरुलाई एचआइभीको मार पर्यो। 00:03:15.954 --> 00:03:18.454 र अब हामी अहिलेको विश्व देख्न सक्छौं, 00:03:18.454 --> 00:03:21.598 उपलब्ध भएसम्मको ताजा तथ्यांकहरुको दृश्यमा। 00:03:22.859 --> 00:03:25.440 अहिले धेरैजसो मानिसहरु बीचको भागमा छन्। 00:03:25.440 --> 00:03:28.068 तर यति नै बेला एकदम ठूला भिन्नताहरु पनि छन् 00:03:28.068 --> 00:03:30.237 धनी देशहरु र गरिब देशहरुका बीचमा 00:03:30.237 --> 00:03:34.098 र ति देशहरुभित्रै पनि ठूला असमानताहरु छन्। 00:03:34.098 --> 00:03:36.560 यि फोकाहरुले देशहरुको औसतलाई देखाउंछन् 00:03:36.560 --> 00:03:38.120 तर म तिनलाई विभाजीत गर्न सक्छु। 00:03:38.120 --> 00:03:41.160 चिनलाई लिउं, म यस्लाई प्रान्तहरुमा विभाजीत गर्छु। 00:03:41.160 --> 00:03:44.052 त्यो सांघाई भयो। 00:03:44.052 --> 00:03:47.680 त्यहां अहिले इटलीमा जत्तिकै सम्पत्ति र निरोगीपना छ। 00:03:47.680 --> 00:03:51.077 र यहां गरिब भित्री प्रान्त गुईझु छ, 00:03:51.077 --> 00:03:52.403 यो पाकिस्तान जस्तो छ। 00:03:52.403 --> 00:03:54.912 यस्लाई अझै थप टुक्रा पार्ने हो भने 00:03:54.912 --> 00:03:57.800 यहांका ग्रामिण भेकहरु अफ्रीकाको घाना जस्तै छन्। 00:04:01.100 --> 00:04:03.462 तैपनि, यत्तिका विशाल असमानताहरु अहिले विद्यमान छंदा छंदै 00:04:05.133 --> 00:04:06.805 हामीले गत दुईसय बर्षमा भएका उल्लेखनीय प्रगतिहरुलाई देख्यौं। 00:04:06.805 --> 00:04:08.741 त्यो ठूलो ऐतिहासिक खाडल 00:04:08.741 --> 00:04:10.449 जुन पश्चिम र बांकी विश्वका बीच थियो त्यो अब पुरिंदैछ। 00:04:10.449 --> 00:04:15.216 हामी नितान्त नयां एकिकरणमुखी संसार बन्न पुगेका छौं 00:04:15.216 --> 00:04:17.609 र म भविष्यको दिशामा स्पष्ट परिवर्तनहरु देखिरहेको छु 00:04:17.609 --> 00:04:20.496 सहायता, व्यापार, हरित प्रविधि र शान्ति सहितको। 00:04:20.496 --> 00:04:23.242 सबै देशहरुले त्यस्तो लक्ष्य हासिल गर्न एकदमै सम्भव छ 00:04:24.381 --> 00:04:25.520 जुन यो स्वस्थ र सम्पन्नहरुको कुनामा पर्छ। 00:04:27.689 --> 00:04:30.683 र यसरी वितेका केहि मिनेटमा तपाईंले जे देख्नु भयो 00:04:30.714 --> 00:04:33.602 त्यो विश्वका दुई सय देशहरुको 00:04:33.602 --> 00:04:36.160 दुई सय बर्ष र त्यो भन्दा पनि अघि देखिको कथा हो। 00:04:36.160 --> 00:04:40.200 त्यो देखाउनका लागि एकलाख बीस हजार अंकहरुको संयोजन गर्नु परेको थियो। 00:04:40.250 --> 00:04:43.000 गज्जब होइन त?